काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आफ्नो सम्बन्ध ठीक रहेको दाबी गरेका छन्।
प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग गरेको छलफलमा नबोलाइएका अर्थमन्त्री वाग्लेले मंगलबार व्यवसायीहरुसँगको भेटमा आर्थिक एजेण्डामा समन्वय भइरहेको दाबी गरेका हुन्।
उनले आफ्नाविरुद्धमा अफवाह फैलाइएको दाबी गर्दै त्यसको पछि नलाग्न उद्यमीहरुलाई आग्रह गरे। सम्बद्ध स्रोतहरुका अनुसार प्रधानमन्त्री शाहसँग वाग्लेको सामान्य भेटघाटसमेत विरलै हुने गरेको छ।
प्रधानमन्त्री स्वयं निजी क्षेत्रसँग निरन्तर संवादमा रहेको तथा उद्यमी–व्यवसायीले उठाएका विषयमा तत्काल आफू तथा सम्बन्धित मन्त्रीहरूसँग समन्वय र फलोअप गर्ने गरेको दाबी गरे।
सरकार निजी क्षेत्रको लगानी सुरक्षित गर्न तथा प्रतिफलको सुनिश्चितता दिने कुरामा प्रतिवद्ध रहेको दोहो¥याउनु भयो ।
‘अब हाम्रो साझा एजेन्डा भनेको इन्भेस्टमेन्ट नै हो । सम्माननीय प्रधानमन्त्रीज्यू स्वयं निजी क्षेत्रसँग निरन्तर संवादमा हुनुहुन्छ । मुख्य विषयहरूमा उहाँले सोझै र तत्काल म लगायतका मन्त्रीहरुसँग फलोअप गरिरहनुभएको छ, उनले अगाडि भने, ‘प्रधानमन्त्रीज्यू आफै पनि त्यति सार्वजनिक कार्यक्रमहरूमा नदेखिने भएको हुनाले हामीले यो काम सल्लाहमा नै गरेका हौँ ।
व्यवसायी तथा उद्यमीले उठाएका प्रधान मुद्दाहरू जहिले पनि उहाँले सिधै हामीलाई फोन गरेर ‘यो यस्तो रहेछ नि, फलानो वस्तुको दर यस्तो रहेछ नि’ भनेर डिटेलमा बुझ्नुहुन्छ । हाम्रो कुरामा निरन्तर संवाद पनि भइरहेको हुन्छ ।’
यो सँगै उनले प्रत्येक क्याबिनेटपछि प्रधानमन्त्री हुने गरेको जिकिर समेत गरेका छन्।




















प्रतिक्रिया