Logo

समाचार

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु



बुटवल । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा भएका चार हजार ७९७ सवारी दुर्घटनामा ५८५ जनाको मृत्यु भएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार मृतकमध्ये ४२४ पुरुष, ११० महिला र ५१ बालबालिका छन्। दुर्घटनामा एक हजार ७९९ जना गम्भीर र ६ हजार २५९ जना सामान्य घाइते भएका छन्।

कार्यालय प्रमुख प्रहरी उपरीक्षक निशान थापाका अनुसार तीव्र गति र मादक पदार्थ सेवन गरेर सवारी चलाउनु दुर्घटनाको मुख्य कारण हो। दुर्घटनामा परेका ६ हजार ८२२ सवारीमध्ये सबैभन्दा बढी चार हजार २८६ मोटरसाइकल तथा स्कुटर रहेका छन्।

यसैबीच, सोही अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने एक लाख २० हजार ४८ सवारीसाधनलाई कारबाही गर्दा १३ करोड ५८ लाख ६ हजार ६३ रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलवार २०:४९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।