काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण बनाउन ४२ वटा कानुन खारेज वा संशोधनको प्रक्रियामा रहेको बताएका छन्।
निजी क्षेत्रका उद्योगी–व्यवसायीसँगको छलफलमा उनले सरकारले पुराना तथा अनावश्यक कानुन हटाउने, कर प्रणाली सरल र पारदर्शी बनाउने, व्यवसाय गर्ने वातावरण सुधार गर्ने तथा डिजिटल सेवामार्फत प्रशासनलाई प्रभावकारी बनाउने तयारी गरेको जानकारी दिए।
उनले उद्योग पूर्ण क्षमतामा सञ्चालन, व्यवसाय विस्तार र नयाँ उद्यम सिर्जना सरकारको मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै यी क्षेत्रमा सुधार भए आर्थिक वृद्धि, रोजगारी, राजस्व र निर्यातमा सकारात्मक प्रभाव पर्ने बताए।
उद्योगी–व्यवसायीका गुनासा छिटो समाधान गर्न अर्थ मन्त्रालयमा उच्च प्राथमिकतासहित ‘रेस्पोन्स डेस्क’ स्थापना गरिने र निर्णय प्रक्रियालाई छिटो तथा समयबद्ध बनाइने पनि उनले बताए।




















प्रतिक्रिया