Logo

उद्योग

वाणिज्य विभागद्वारा ९ वटा व्यावसायिक फर्ममा अनुगमन, सबैलाई सुध्रिन निर्देशन



काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार पनि बजार अनुगमन तथा निरीक्षणलाई निरन्तरता दिएको छ।

विभागले ९ वटा व्यावसायिक फर्ममा स्थलगत अनुमगन गरेको थियो। त्यस क्रममा सबै फर्मलाई सुधारात्मक निर्देशन दिइएको जनाएको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले स्पष्ट पारेको छ।

स्थानीय उपभोक्ता अधिकारकर्मी एवं सरोकारवालाको उपस्थितिमा विभागले स्थलगत निरीक्षण गर्दै आएको छ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार ०७:०८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।