काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँ पुगेको छ भने अघिल्लो दिन यसको मूल्य प्रतितोला ४ हजार ५७० रुपैयाँ रहेको थियो ।




















प्रतिक्रिया