Logo

समाचार

सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ



काठमाडौं । सर्वोच्च अदालतले गुण्डागर्दीबाट अवैध रूपमा सम्पत्ति कमाएको आरोप खेपिरहेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिएको छ ।

न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले ८ वर्षअघिको विशेष अदालतको फैसलालाई सदर गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूमाथि ७ करोड ८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाएको थियो । १० माघ, २०७४ मा विशेष अदालतले उनीहरूलाई सफाइ दिएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार १५:०६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।