काठमाडौं । नेपाली बजारमा लिपमोटर बी०३एक्स सार्वजनिक भएको छ । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले शुक्रबार एक कार्यक्रमका बीच नयाँ बी०३एक्स सार्वजनिक गरेको हो ।
‘इन्टेलिजेन्ट अर्बन मोबिलिटी’ को आधुनिक अवधारणामा आधारित यस एसयूभी सार्वजनिक भए सँगै बुकिङ पनि खुला गरिएको छ । पाँच कलर अप्सनमा रहेको यस गाडीको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेकोे छ ।
कम्पनीका अनुसार नेपालका विभिन्न सडकको अवस्थालाई ध्यानमा राखी तयार पारिएको लिपमोटर बीओ३एक्सले दैनिक व्यवहारिक प्रयोग र उच्चस्तरीय प्रविधिलाई उत्कृष्ट रूपमा संयोजन गरेको छ ।
यस श्रेणीमै उत्कृष्ट १४५ किलोवाटको मोटर र ५३ किलोवाट आवर्सको ब्याट्री क्षमता रहेको यस एसयूभीले ५०५ किलोमिटरसम्मको (सीएलटीसी) रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।
साथै यसमा ५१० लिटरको फराकिलो बुटस्पेस, प्रिमियम बनावट र फराकिलो केबिन छ । सुरक्षाका दृष्टिले यसमा ‘एडिएस लेभल २’ प्रविधि जडान गरिएको छ, जसले सुरक्षित र इन्टेलिजेन्ट ड्राइभिङको नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।
विश्वव्यापीरूपमा मासेराटी, जीप र प्युजो लगायत १४ अग्रणी अटोमोबाइल ब्रान्डहरूको समूह स्टेलान्टिसको सहयोग प्राप्त लिपमोटरले नेपाली ग्राहकहरूमाझ अन्तर्राष्ट्रिय विश्वसनीयता ल्याएको बताइएको छ ।
चीनको नम्बर १ स्टार्ट–अप न्यु इनर्जी भेहिकल (एनईभी) ब्राण्ड लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको छ, जसमध्ये जुलाई महिनामा मात्रै १ लाखभन्दा बढी युनिट बिक्री भएका थिए ।
विश्वका ४० भन्दा बढी देशहरूमा फैलिएको १ हजार ७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरूको विशाल सञ्जालमार्फत लिपमोटरले आफ्ना ग्राहकहरूलाई सहज र विश्वसनीय स्वामित्वको अनुभव प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।
पहिलो १०० खरिदकर्ताका लागी यसको मूल्य ४४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।





















प्रतिक्रिया