Logo

समाचार

राज्यका हरेक तहमा महिलाको समान सहभागिता र निर्णायक पहुँच सुनिश्चित गर्नु आजको आवश्यकता: नेता गुरुङ



काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य तथा नेपाल तरुण दलका निवर्तमान अध्यक्ष विद्वान गुरुङले नेपाल महिला संघको ७९औँ स्थापना दिवसको अवसरमा महिला अधिकारलाई प्राथमिकतामा राख्दै शुभकामना सन्देश व्यक्त गरेका छन् ।

नेपाल महिला संघले आफ्नो स्थापनाको ७९ वर्ष पूरा गरी ८०औँ वर्षमा प्रवेश गरेको ऐतिहासिक अवसरमा शुभकामना दिँदै नेता गुरुङले कागजी रूपमा प्राप्त अधिकारहरूलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका हुन् ।

राज्यका हरेक तहमा महिलाको समान सहभागिता र निर्णायक पहुँच सुनिश्चित गर्नुपर्ने आजको मुख्य आवश्यकता रहेको उनको भनााइ छ । साथै, लैङ्गिक समानता र महिला अधिकारको पूर्ण सुनिश्चितताका लागि दलगत सीमाभन्दा माथि उठेर सबैले आआफ्नो ठाउँबाट दृढतापूर्वक पहल गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

नेपालको लोकतान्त्रिक आन्दोलन र परिवर्तनका प्रत्येक लडाइँमा महिला संघले अग्रमोर्चामा रहेर खेलेको भूमिका सधैँ प्रेरणादायी रहेको स्मरण गर्दै नेता गुरुङले समाजका विभेद र असमानताका पर्खालहरू भत्काउँदै महिला संघ अझ सशक्त रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

यस अभियानमा अहोरात्र खट्नुहुने सम्पूर्ण अग्रज तथा वर्तमान महिला योद्धाहरूमा उच्च सम्मान प्रकट गर्दै उनले उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना समेत व्यक्त गरे ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आईतवार १३:५४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।