Logo

समाचार

झन्डै तीन करोडको सट्टावाजीसँगै डिजिटल कारोबारको आरोप एक जना पक्राउ



काठमाडौं। सट्टावाजी गर्ने गराउने तथा डिजिटल कारोबारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगर ११ भद्रकालीबाट शंकास्पद अवस्थामा बूढानीलकण्ठ नगरपालिका १२ बस्ने ४१वर्षीय प्रेम थापालाई जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उनको साथबाट चार थान मोबाइल र एक थान ल्यापटप थानसहित नियन्त्रणमा लिएर जाँच गर्दा विभिन्न माध्यमबाट २ करोड ७३ लाख ४३ हजार रुपैयाँभन्दा बढी काराेबार गरेको भेटिएको हो।

उनीविरुद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान अगाडि बढाएको प्रहरी उपरीक्षक तथा प्रवक्ता दान बहादुर थापाले जानकारी दिए।

प्रकाशित मिति : २४ श्रावण २०८३, आईतवार २०:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।