काठमाडौं । आज साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ९.०४ अंकले घटेर २,६४१ को विन्दुमा कायम भएको छ ।
आज ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७९ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज ३ अर्ब ६७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोलु हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ४६ करोड ३७ लाख रुपैयााको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.४७ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै रिलायबल समृद्धि योजना २ का इकाइधनीले गुमाएका छन् । यसका इकाईधनीले ९.७० प्रतिशतका दरले गुमाएका हुन् ।















प्रतिक्रिया