Logo

अर्थ

आज सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । आज सुनको तोलामा ६ हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुन प्रतितोला सुन ३ लाख ७ हजार ९ रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ११० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ७८० रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलवार ११:३४   :  बजे

183
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।