Logo

अर्थ

सेयर बजारमा झिनो अंकको वृद्धि, ४ अर्ब ११ करोडकाे कारोबार



काठमाडौं । आज साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ०.७९ अंकले बढेर २,६४१ को विन्दुमा कायम भएको छ ।

आज १३३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२२ कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ११ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोलु हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ४४ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपर लोहोरे हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९१ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलवार १५:१८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।