काठमाडाैं । निसानको प्रिमियम एसयूभी ‘टेकटन’ नेपाली बजारमा औपचारिक रूपमा भित्रिएको छ। नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले मङ्गलबार नाइमा नेपाल मोबिलिटी एक्सपोमा गाडी सार्वजनिक गरेको हो।
कम्पनीले यसको सुरुवाती मूल्य ५१ लाख २९ हजार रुपैयाँ तोकेको छ। आकर्षक डिजाइन, प्रिमियम सुविधा र अत्याधुनिक प्रविधिको संयोजन रहेको यो गाडीले नेपाली ग्राहकलाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ।
निसानको फ्ल्यागशिप एसयूभी ‘पेट्रोल’बाट प्रभावित डिजाइन रहेको टेकटनमा कनेक्टेड एलईडी डीआरएल, एलईडी हेडल्याम्प र मस्कुलर बोनेट दिइएको छ। पछाडिको भागमा पनि कनेक्टेड एलईडी टेललाइट र टेकटन ब्याजिङ पाउन सकिन्छ।
यसको इन्टेरियरमा तीन कलर टोनको ड्यासबोर्ड, डिजिटल ड्राइभर डिस्प्ले, टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम र प्यानोरामिक सनरुफ राखिएको छ। गाडीमा वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो, भेन्टिलेटेड फ्रन्ट सिट र ५५ भन्दा बढी कनेक्टेड कार फिचरहरू उपलब्ध छन्।
टेकटन १.० लिटर र १.३ लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा पाइनेछ। १.० लिटर इन्जिनले १०० पीएस पावर र १६६ एनएम टर्क दिन्छ भने १.३ लिटर इन्जिनले १६३ पीएस पावर र २८० एनएम टर्क उत्पादन गर्छ।
सुरक्षाका लागि सबै भेरिएन्टमा ६ वटा एयरब्याग अनिवार्य गरिएको छ। साथै एडास लेभल-२, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, ट्रयाक्सन कन्ट्रोल र टायर प्रेसर मनिटरिङ सिस्टम जस्ता आधुनिक सुरक्षा प्रविधिहरू समावेश छन्।















प्रतिक्रिया