Logo

अर्थ

बीवाईडी एट्टो २ को नयाँ भेरियन्ट सार्वजनिक, मूल्य ४५ लाख ९५ हजार



काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन निर्माता बीवाईडीले नेपाली बजारका लागि एट्टो २ को ‘एस्सेन्सियल भेरियन्ट’ सार्वजनिक गरेको छ। दैनिक प्रयोगलाई लक्षित गर्दै कम्पनीले नयाँ भेरियन्टमा उपयोगिता, आराम र सडकमा सहज सञ्चालनलाई प्राथमिकता दिएको जनाएको छ।

नयाँ भेरियन्टको सुरुवाती मूल्य ४५ लाख ९५ हजार रुपैयाँ तोकिएको छ। कम्पनीले नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरमा एट्टो २ एस्सेन्सियल भेरियन्टलाई नेपाली बजारमा अघि सारेको हो।

बीवाईडीका अनुसार नयाँ एट्टो २ मा २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ। यसले सहरी सडकसँगै उबडखाबड तथा फरक–फरक सडक अवस्थाका लागि गाडीलाई थप उपयोगी बनाउने कम्पनीको दाबी छ।

एट्टो २ एस्सेन्सियल भेरियन्टमा १०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। गाडीले अधिकतम २९० एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ। यसमा ३१२ किलोमिटर डब्लूएलटीपी रेन्ज उपलब्ध रहेको दाबी गरिएको छ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने एट्टो २ लाई बीवाईडीले आधुनिक डिजाइन, सहज ड्राइभिङ र दैनिक आवतजावतका लागि उपयुक्त विद्युतीय सवारीका रूपमा अघि सारेको छ।

कम्पनीले नयाँ भेरियन्टमार्फत नेपाली बजारमा तुलनात्मक रूपमा पहुँचयोग्य मूल्यमा विद्युतीय एसयूभी उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ। पछिल्लो समय नेपालमा विद्युतीय एसयूभीको माग बढिरहेका बेला बीवाईडीले एट्टो २ को नयाँ भेरियन्ट थप गरेको हो।

बीवाईडी एट्टो २ एस्सेन्सियलका मुख्य विशेषता
मूल्य : ४५ लाख ९५ हजार रुपैयाँबाट
रेन्ज : ३१२ किमी (डब्लूएलटीपी)
मोटर पावर : १०० किलोवाट
अधिकतम टर्क : २९० एनएम
ग्राउन्ड क्लियरेन्स : २०० मिलिमिटर
सेग्मेन्ट : कम्प्याक्ट इलेक्ट्रिक एसयूभी

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलवार १६:३६   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।