काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले स्मार्ट सेल घोटाला प्रकरणको अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुप शमशेर जबराका अनुसार प्रतिवेदनमा एनसेल, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी), तत्कालीन स्मार्ट टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)का कर्मचारीसहित २२ जनालाई प्रतिवादी बनाउन राय दिइएको छ।
सीआईबीले आरोपीहरूबाट करिब ९६ अर्ब रुपैयाँ बिगो मागदाबी गर्न प्रस्ताव गरेको छ। प्रतिवेदन अध्ययनपछि सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ।















प्रतिक्रिया