Logo

कर्पोरेट बजार

महिन्द्रा फ्ल्यागसिप इलेक्ट्रिक एसयूभी एक्स इभी ९एस सार्वजनिक, सुरुवाती मूल्य ६० लाख



काठमाडौं। महिन्द्राले नेपाली बजारमा आफ्नो विद्युतीय गाडीको लाइनअप थप विस्तार गर्दै नाइमा मोबिलिटी एक्स्पोमा नयाँ फ्ल्यागसिप इलेक्ट्रिक एसयूभी एक्सइभी ९एस सार्वजनिक गरेको छ।

यसअघि बजारमा आइसकेका बीई६ र एक्सइभी ९ईसँगै एक्सइभी ९एस पनि महिन्द्राले नेपालमा ल्याएको हो। महिन्द्राको नयाँ एक्सइभी ९एस ३ पंक्तिको (थ्रीरो) सिटिङ ले आउट भएको प्रिमियम इलेक्ट्रिक एसयूभी हो।

यो कम्पनीको डेडिकेटेड इन्ङ्लो इलेक्ट्रिक प्लेटफर्ममा आधारित छ। यो गाडी ५९, ७० र ७९ किलोवाट आवर क्षमताका ब्याट्री विकल्प उपलब्ध हुनेछन्, जसले एकपटकको चार्जमा अधिकतम करिब ६७९ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ।

यसमा अत्याधुनिक ट्रिपल(स्क्रिन ककपिट, प्रिमियम इन्टेरियर, ठूलो प्यानोरामिक सनरुफ, मल्टी)जोन क्लाइमेट कन्ट्रोल, वायरलेस कनेक्टिभिटी तथा आधुनिक इन्फोटेनमेन्ट प्रणाली समावेश छ।

सुरक्षाका लागि लेभल२ प्लस एडास, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मोनिटरिङ, अडाटिभ क्रुज कन्ट्रोल, लेन सेन्टरिङलगायत सुविधा रहनेछन्।

चार्जिङमा एक्सइभी ९एसले उच्च क्षमताको १७५ किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ। यसबाट छोटो समयमै ब्याट्री चार्ज गर्न सकिनेछ भने यसमा एसी चार्जिङको सुविधा पनि उपलब्ध छ । हाल नयाँ फ्ल्यागसिप इलेक्ट्रिक एसयूभी एक्सइभी ९एस गाडीको मूल्य ६० लाख रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति : २६ श्रावण २०८३, मंगलवार २०:४८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।