काठमाडौं। प्रहरीले अनधिकृत तबरले नेपाल सरकारको निशान छापको दुरूपयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगर २२ बस्ने रौतहट चन्द्रपुर नगरपालिका २ घर भएका २९ वर्षीय दीपेन्द्र कर्माचार्य रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
उनका अनुसार निजलाई काठमाडौं महानगर २२ टेवहालबाट पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानको क्रममा निजले नेपाल सरकारको स्वीकृति नलिई आर्थिक लाभ लिने उद्देश्यले सर्वसाधारणलाई झुक्यानमा पारी नेपाल सरकारबाट मान्यता प्राप्त जिपिएस ट्रर्याकर डिभाइस रहेको भनी झुठ्ठा प्रचारप्रसार गरी व्यावसायिक प्रयोजनको लागि चीनबाट आयात हुने जिपिएस ट्रर्याकर डिभाइसमा नेपाल सरकारको निशान छाप राख्न लगाइ, निशान छापको दुरूपयोग गरी जिपिएस ट्रर्याकर बिक्री वितरण गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
प्रहरीले उनको साथबाट नेपाल सरकारको निशान छाप अङ्कित ५२ थान जिपिएस ट्रर्याकर डिभाइस बरामद गरेको छ। निजलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रवक्ता कार्कीले बताए।















प्रतिक्रिया