Logo

मौसम

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेश साथै गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, लुम्बिनी प्रदेशको हिमाली र पहाडी साथै पश्चिम तराई भूभागमा साधारणतया बादल लागेको छ ।

बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी र मधेश प्रदेशका साथै देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ।

देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराई भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एकरदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेश प्रदेशको एकरदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार ०६:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।