Logo

समाचार

एकै दिन पाँच ठाउँमा करोडौं चोरी गर्ने सुरज महर्जन पक्राउ



काठमाडौं। प्रहरीले एकै दिन पाँच ठाउँमा चोरी गरेको आरोपमा सुरज महर्जनलाई पक्राउ गरेको छ। साउन २२ गते बिहान ८ बजे ललितपुर महानगर–२८ हरिसिद्धिस्थित रिना महर्जनको घरकोठामा चोरी भएको थियो।

सीसीटिभी फुटेजसमेतको आधारमा प्रहरी वृत्त सातदोबाटो ललितपुरको प्रहरी टोलीले बा९०प २७६४ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा गोदावरी नगरपालिका–१४ ठैब बस्ने ३३ वर्षीय सुरजलाई पक्राउ गरेको हो।

उनको शरीर खानतलासी गर्दा बोकेको झोलाभित्र चोरी गरी ल्याएको सुनचाँदीका गरगहनासमेत फेला परेको प्रहरीले जनाएको छ।
उनलाई चोरी मुद्दामा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार उनको साथबाट फेला सुनजस्तो देखिने धातुका गरगहना, सुनजस्तो देखिने रातो पोतेसहितका ९ गेडी पौतेसहित तौल–८१.७३. हार तौल–१४.८६, झुमका पिंजडा १ जोर, कानमा लगाउने झुमका १ जोर बरामद भएको छ।

यस्तै, औठी थान एक, सिक्री दुई थान, रातो पोतेमा भएको तिलहरी थान १, पोतेसहित, चुरा÷बाला थान, चाँदीजस्तो देखिने औठी थान–३, चाबी झुन्ड्याउने रिङ, हार थान–१, सिक्री हनुमानको लकेटसहित, ब्रासलेट थान–१,पाउजु १ जोर, ह्वाइट गोल्ड डायमन्डजस्तो देखिने औठी थान–१ बरामद भएको छ।

पुराना र नयाँ सिक्का, नगद ११,३९०, खैरो लेडिज ब्याग, कालो लेडिज ब्याग पनि प्रहरीले महर्जनको साथबाट बरामद गरेको छ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार ०७:२०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।