Logo

अर्थ

नेपाल एसबिआई बैंकको खुदनाफा नाफा १२.८९ प्रतिशतले बढ्यो, ईपीएस १८.०४ रुपैयाँ



काठमाडौँ। नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ।  प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १२.८९ प्रतिशतले बढेर २ अर्ब ४ करोड पुगेको छ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ८१ करोड खुद नाफा कमाएको थियो। यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १.३० प्रतिशतले बढेर ५ अर्ब ३३ करोड पुगेको छ।

यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड रहेको छ भने वितरणयोग्य प्रति शेयर नाफा ११.०४ रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनी प्रति शेयर आम्दानी १८ रुपैयाँ ०४ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १९४.७३ रुपैयाँ रहेको छ।

११ अर्ब ३३ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा रिजर्भमा ९ अर्ब ४८ करोड रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा २.९२ प्रतिशत रहेको छ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार ०९:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।