Logo

अर्थ

जीओ अटोमोबाइल्सद्वारा नाइमा मोबिलिटी एक्स्पो २०२६ मा एमजी म्याजेस्टर सार्वजनिक



काठमाडौं । जेएसडब्लू एमजी मोटरको नेपालका लागि आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा नयाँ एमजी म्याजेस्टर सार्वजनिक गरेको छ। यो सार्वजनिकसँगै एमजी नेपालका लागि ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

एमजी म्याजेस्टर ५ मिटरभन्दा बढी लम्बाइ, २ मिटरभन्दा बढी चौडाइ र करिब १.९ मिटर उचाइ भएको यसको प्रभावशाली आकारले सडकमा असाधारण उपस्थितिको अनुभूति गराउँछ। ल्याडर फ्रेममा निर्माण, मांसल बडी लाइन र बोल्ड ग्रिलले यसलाई बलियो र प्रभावशाली स्वरूप प्रदान गरेको छ। २ सय १९ एमएम ग्राउन्ड क्लियरेन्सले यसलाई नेपालको विविध भूगोलका लागि उपयुक्त बनाउँछ। काठमाडौंका व्यस्त सडकदेखि पहाडी राजमार्ग र ग्रामीण सडकसम्म यो गाडी उपयोगी सावित हुनेछ।

एमजी म्याजेस्टरमा २.0 एलको ट्वीन टर्बो डिजेल इन्जिन जडान गरिएको छ जसले २ सय १५.५ पीएस पावर र ४ सय ७८.५ एनएम टर्क जेनेरेट गर्छ। यसलाई स्मुद ८ स्पीड अटोमेटिक ट्रान्समिसनसँग जोडिएको छ। यस संयोजनले राजमार्गमा सहज ड्राइभिङका साथै उत्कृष्ट पुलिङ पावर प्रदान गर्छ, जुन नेपालको पहाडी भूभागका लागि विशेष रूपमा उपयोगी छ।

एमजी म्याजेस्टरमा स्यान्ड स्नाे मड रकलगायत १० वटा मोड मोड रहेका छन्। सुरक्षा एमजी म्याजेस्टरको डिजाइनको केन्द्रमा रहेको छ। यसमा ६ एयरब्याग, लेवल २ एडास ३६० डिग्री क्यामेरा तथा ईपीबीजस्ता सुरक्षा सुविधा उपलब्ध छन्।

जीगो अटोमोबाइल्सले प्रत्येक एमजी म्याजेस्टरमा ५ वर्ष वा १ लाख किलोमिटर वारेन्टी तथा नेपालभर २४सै घण्टा रोडसाइड असिस्टेन्ट उपलब्ध गराएको छ। यसले ग्राहक-केन्द्रित सेवाप्रतिको कम्पनीको प्रतिबद्धतालाई थप बलियो बनाउँछ।

नेपालमा केवल गाडी बिक्रीमात्र नभइ एउटा यस्तो इकोसिस्टम निर्माण गरिरहेका छौँ, जहाँ प्रत्येक एमजी ग्राहकले आफू जहाँसुकै ड्राइभ गरे पनि कम्पनीबाट विश्वस्तरीय सहयोग प्राप्त गर्ने जीओ अटोमोबाइल्सका एमडी आकाश गोल्छाले बताए।

कम्पनीले एमजी म्याजेस्टरको मूल्य २ करोड ५० लाख रुपैयाँ तोकेको छ। नाइमा विशेष अफरमा १५ लाख ५० हजारसम्मको विभिन्न सुविधा पाइने कम्पनीको भनाइ छ। नाइमामा एमजी म्याजेस्टर किन्नेले ८ लाखसम्म क्यास छुट १ वर्षको कम्प्रिहेन्सिभ बीमा १० हजारको बुकिङ गिफ्ट लक्की ड्रमा सामसङ ग्यालेक्सी एस२६ अल्ट्रा पाउन छन्।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार ११:१५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।