काठमाडौं । कृषि विकास बैंकले ‘नाइमा मोबिलिटी एक्स्पो’मा व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको विशेष योजनाअनुसार ‘नाइमा मोबिलिटी एक्स्पो’मा नयाँ गाडी खरिद गर्ने ग्राहकले ब्याजको प्रिमियम दर र सेवा शुल्क दुवैमा ३३.३३ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।
साथै, बैंकले गाडी किन्न इच्छुक ग्राहकका लागि आफूलाई पायक पर्ने नजिकैको बैंक शाखामा गएर कर्जाको आवेदन दिन मिल्ने व्यवस्था बैंकले गरेको छ ।
ग्राहकले कागजपत्र पूरा गरेपछि बैंकले गाडी किन्न तुरुन्तै स्वीकृतिपत्र प्रदान गर्ने बैंकले जनाएको छ ।
यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा बैंकको नजिकैको शाखामा सम्पर्क गरी वा कल सेन्टर नम्बर ०१५९७०१६१ मा फोन गरी लिन सकिने समेत बैंकले जनाएको छ ।















प्रतिक्रिया