Logo

समाचार

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश



काठमाडौं । विशेष अदालतले व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अर्को मुद्दामा पनि थुनामा पठाउने आदेश गरेको छ ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्य हेमन्त रावलको इजलासले बुधबार दुवै जनालाई थुनामा राख्ने आदेश दिएको हो ।

यसअघि नै सम्पत्ति शुद्धीकरणको पहिलो मुद्दामा थुनामा रहेका भट्ट र अग्रवाललाई बुधबार दोस्रो मुद्दाको सुनुवाइका लागि विशेष अदालतमा उपस्थित गराइएको थियो ।

दुवै जनाको बयान तथा थुनछेक बहसपछि अदालतले उनीहरूलाई थुनामा राख्ने आदेश दिएको हो ।

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई समेत प्रतिवादी बनाइएको सम्पत्ति शुद्धीकरणसम्बन्धी दोस्रो मुद्दामा भट्ट र अग्रवालविरुद्ध पनि अभियोग दायर गरिएको थियो ।

सोही मुद्दामा पौडेललाई भने विशेष अदालतले साधारण तारिखमा छाड्ने आदेश दिएको छ ।

यसअघि दायर भएको सम्पत्ति शुद्धीकरण मुद्दामा भट्ट र अग्रवाल थुनामा रहेकै अवस्थामा दोस्रो मुद्दामा समेत अदालतले उनीहरूलाई थुनामा राख्ने आदेश गरेको हो ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार १८:२३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।