Logo

अर्थ

दुई बैंकको सेयरमूल्य समायोजन, नयाँ मूल्य कति?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार दुई बैंकको शेयरमूल्य समायोजन भएको छ । नबिल बैंक र गरिमा विकास बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले बोनस शेयरअनुसार शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले नबिल बैंकको ५ प्रतिशत र गरिमा विकास बैंकको १० प्रतिशत बोनस शेयरका आधारमा मूल्य समायोजन गरेको हो । समायोजनपछि नबिल बैंकको शेयरमूल्य प्रतिकित्ता ५३९ रुपैयाँ ५ पैसा कायम भएको छ । त्यस्तै, गरिमा विकास बैंकको समायोजित शेयरमूल्य ४१४ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्यलाई आधार बनाएर दुवै बैंकको शेयरमूल्य समायोजन गरेको हो । मंगलबार दोस्रो बजारमा नबिल बैंकको शेयर ५६६ रुपैयाँ र गरिमा विकास बैंकको शेयर ४५६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । समायोजित मूल्यलाई आधार मानेर बुधबारदेखि दोस्रो बजारमा दुवै बैंकको शेयर कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार १०:३३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।