Logo

अर्थ

एभरेष्ट बैंकका ग्राहकलाई भारतस्थित मेदान्त अस्पतालमा १५ प्रतिशतसम्म छुट



काठमाडौं । एभरेष्ट बैंकका ग्राहकलाई भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा १५ प्रतिशतसम्म छुट दिने भएको छ।

एभरेष्ट बैंकले आफ्ना ग्राहकहरूलाई स्वास्थ्य जाँच/परिक्षण सेवामा छुट प्रदान गर्ने उद्देश्यले भारतस्थित मेदान्त अस्पताल (द मेडिसिटी)सँग सम्झौता गरेको हो। यस सम्झौताअनुसार एभरेष्ट बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले नयाँ दिल्लीलगायत गुरुग्राम, लखनउ, इन्दौर, राँची र नोएडामा गरी विभिन्न सहरमा रहेका मेदान्त अस्पतालका १३ शाखाहरूमा उपचार गराउँदा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

यो १५ प्रतिशत छुट अस्पतालको ओपिडी सेवा (डाक्टरको परामर्श, प्रयोगशाला र रेडियोलोजी), आइपिडी सेवा (बेड भाडा, प्रयोगशाला र रेडियोलोजी) तथा मेदान्तको स्ट्यान्डर्ड प्रिभेन्टिभ हेल्थ प्याकेजमा लागु हुने बैंकले जनाएको छ।

यस छुटको सुविधा प्राप्त गर्नका लागि अस्पतालको बिल भुक्तानी एभरेष्ट बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत गर्नुपर्नेछ। अस्पतालभित्र उपलब्ध सेवाहरूमा मात्र लागू हुने यो विशेष छुट सम्झौताले बैंकका ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउनेछ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आईतवार ११:५८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।