Logo

अर्थ

सिद्धार्थ बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा १० प्रतिशतसम्म छुट



काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले महाराजगन्जस्थित नेसनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरमा विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । सिद्धार्थ बैंक र नेसनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौताअनुसार बैंकका ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा नेसनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न सहयोग पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

यससम्बन्धी थप जानकारीका लागि सिद्धार्थ बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलवार ११:३६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।