Logo

प्रमुख समाचार

ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा



काठमाडौं । ग्लोबल आइएमई बैंकले बुद्धि अकेलालाई सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बढुवा गरेको छ। यसअघि बैंकमा नायब महाप्रबन्धकका रूपमा कार्यरत अकेला एसीईओमा बढुवा भएका हुन्।

बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा बढी अनुभव रहेका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा बैंकिङ करिअर सुरु गरेका थिए। उनी सन् २००६ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध छन्।

अकेलाले बैंकमा एकीकृत जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन र आन्तरिक लेखापरीक्षणलगायतका क्षेत्रमा जिम्मेवारी सम्हालिसकेका छन्। उनी यसअघि बैंकको प्रमुख जोखिम अधिकृत (सीआरओ) का रूपमा कार्यरत थिए।

त्यस्तै, उनी बैंकको सहायक कम्पनी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत हुन्।

अकेलाले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) गरेका छन्।

बैंकले अकेलाको जोखिम व्यवस्थापन तथा कार्यसञ्चालनसम्बन्धी अनुभवबाट सेवा प्रवाहलाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन योगदान पुग्ने अपेक्षा गरेको जनाएको छ।

 

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलवार १८:२८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।