बैंकले एक सूचना जारी गर्दै आगामी २०८३ माघ १ गतेदेखि आईटच इन्टरनेट बैंकिङ सेवा पूर्ण रूपमा बन्द हुने जनाएको हो। बैंकका अनुसार त्यसपछि हाल सञ्चालनमा रहेको आईटच सेवा निष्क्रिय हुनेछ।
सेवा बन्द हुनुअघि विद्यमान ग्राहकलाई वैकल्पिक बैंकिङ सेवामा स्थानान्तरण हुन बैंकले आग्रह गरेको छ। बैंकले ग्राहकलाई ओएमएनआई वेबमा आधारित मोबाइल बैंकिङ सेवामा दर्ता भई सेवा सञ्चालन गर्न अनुरोध गरेको छ।
बैंकका अनुसार आईटचबाट ओएमएनआई सेवामा स्थानान्तरणका लागि ग्राहकले २०८३ पुस ३० गतेसम्मको समय पाउनेछन्। सो अवधिभित्र आवश्यक प्रक्रिया पूरा गरी नयाँ सेवामा आबद्ध हुन बैंकले आग्रह गरेको छ।
यसैबीच, आईटच इन्टरनेट बैंकिङ सेवामा नयाँ दर्ता तथा नवीकरणको कामसमेत बन्द गरिएको बैंकले जनाएको छ।
ओएमएनआई सेवामा दर्ता तथा सेवा सक्रिय गर्न बैंकको आधिकारिक इ–सेवा पोर्टलमार्फत प्रक्रिया पूरा गर्न सकिने बैंकले स्पष्ट पारेको छ।



















प्रतिक्रिया