Logo

प्रवास

भारतको मद्रासमा कांग्रेसको भातृ संगठनको अधिवेशन, भारतले निर्वाचनमा कांग्रेसलाई सहयोग गरेको भन्दै प्रशंसा



नेपाली कांग्रेस निकटको नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रको ११औँ अधिवेशन मद्रासमा सम्पन भएको छ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।केन्द्रीय सदस्य लेखकले जनसम्पर्क समिति भारतले निर्वाचनका बेला नेपाली कांग्रेसलाई सहयोग गरेको भन्दै प्रशंसा गरे ।

निर्वाचनमा प्रचार सामाग्रीसहित जनताको घारमा पुगी सहयोग गरेको भन्दै लेखकले नेपाल–भारतबीचको समन्ध नेपालीहरूको पहिचान नेपाललाई पर्यटन क्षेत्रमा भारतमा रहेका नेपालीहरूको मह्तो पूर्ण भूमिका रहेको बताए ।नेपालका आन्दोलनहरूमा जनसम्पर्क समितिले खेलेको भूमिकाको नेपाली कांग्रेसले उच्च सम्मान गर्दै आएको बताए ।

जनसम्पर्क समितिले नेपाली जानताको बेतलबी राजदूतको रुपमा सेवा गर्दै आएको जनाउँदै जनताको सेवा गर्ने सम्बन्धि नेपाल बनाउने दल नेपाली कांग्रेस भएको उनले बताए ।नेपालका सबै आन्दोलनको नेतृत्व र परिवर्तन कांग्रेसकै पहलमा भएको बताएका नेता लेखकले नवनिर्वाचित कार्यसमितिलाई बधाई पनि दिएका छन् ।

विशिष्ट अतिथि नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष एवम् नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले प्रवासी नेपालीहरूका समस्याको बारेमा जानाकारी गराए ।नेपाली जनसम्पर्क समिति भारतले नेपालका ७७ जिल्लाबाट आएका भारतको कश्मिरदेखी कन्याकुमारसम्म रहेका नेपालीहरूलाई सेवा सहयोग गर्दै संघ/संगठनका गतिविधिमा लाग्न निर्देशन दिए ।

उनले भारतबाट नेपालमा फोन गर्दा नेपाल सरकारकै कारण महंगो मूल्य तिर्नुपरेको उनले गुनासो गरे ।टेलिफोन शुल्कका कारण भारतमा नेपालीहरू मर्कामा परेको भन्दै अध्यक्ष पाण्डेले तुरुन्तै नेपाल सरकारले प्रक्रिया अगाडि बढाएर नेपालबाट जस्तै सस्तो दररेटमा फोन गर्न पाउने व्यवस्था गरिदिन केन्द्रीय सदस्य लेखकसँग अनुरोध गरे ।

नेपाली जनसम्पर्क समिति दक्षिण भारत समितिको ११औँ अधिवेशनमा सर्वससहमतिबाट देवीराम पौडेलको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।कार्यक्रममा नेपाल महिला संघ दक्षिण भारतको अध्यक्षमा सीता निउरेलाई चयन गरिएको छ । उनको नेतृत्वमा कार्यसमिति पनि बनेको छ ।

प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार  ३ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।