काठमाडौं। सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गरिएको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले दाहालमाथि विभागीय कारबाही गर्दै सेवाबाट हटाइएको पुष्टि गरेका हुन्।
संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले गत १९ असोजमा दाहाललाई पदबाट निलम्बन गरेको थियो।
उक्त घटनासम्बन्धी कारबाही प्रक्रियापछि उनलाई सेवाबाटै हटाउने निर्णय गरिएको हो।




















प्रतिक्रिया