काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले बैंकको चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष महेश प्रसाद दहालको अध्यक्षतामा सम्पन्न उक्त सभामा बैंक सञ्चालक समितिका सदस्यहरु बन्धु प्रसाद बाँस्तोला, सुरेन्द्रराज रेग्मी, दिपक कुमार अग्रवाल, विशाल उप्रेती, डा. मनिष थापा र अनिता रायमाझी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
उक्त सभालाई सम्बोधन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष दाहालले बैंकले समीक्षा अवधिसम्म हासिल गरेका उपलब्धिहरु, चालु आवको लागि तय गरिएका योजना तथा लक्ष्यहरु एवं भावी रणनीतिबारे सेयरधनीहरूलाई जानकारी गराएका थिए ।




















प्रतिक्रिया