काठमाडौं । नबिल बैंकले दसैँलाई लक्षित गर्दै सर्वसाधारणका लागि नयाँ तथा सुकिला नोट सटही गर्ने भएको छ। बैंकले उपत्यकाका पाँच शाखाबाट नोट सटहीको व्यवस्था मिलाएको हो।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकमार्फत नयाँ नोट वितरण गर्ने व्यवस्थाबमोजिम नबिल बैंकले नोट सटहीका लागि शाखा तोकेको जनाएको छ।
बैंकले सार्वजनिक गरेको सूचनाअनुसार सर्वसाधारणले असोज २७ देखि २९ गतेसम्म नयाँ तथा सुकिला नोट सटही गर्न सक्नेछन्। यसका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ।
नबिल बैंकका अनुसार काठमाडौंको कान्तिपथ, बल्खु र वनस्थली शाखाबाट नोट सटही गर्न सकिनेछ। यस्तै, ललितपुरको च्यासल र भक्तपुरको दुवाकोट शाखाबाट पनि यो सुविधा उपलब्ध हुनेछ।
बैंकले तोकिएका पाँच शाखाबाट मात्रै नोट सटही गरिने स्पष्ट पार्दै ग्राहक तथा सर्वसाधारणलाई निर्धारित स्थान र समयमा सेवा लिन आग्रह गरेको छ।




















प्रतिक्रिया