Logo

अर्थ

माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी पुन: नियुक्त



काठमाडौं । माछापुच्छ्रे बैंकको २८औँं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बुधबार होटल पोखरा ग्राण्ड पोखरामा सम्पन्न भएको उक्त साधारण सभाले बैंकको संस्थापक सेयरधनीहरूको तर्फबाट रोशन के.सी, मुकुन्द महत तथा कृति महतोलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ।

यस्तै, साधारण सभाले सर्वसाधारण सेयर धनीको तर्फबाट विश्व प्रकाश गौतमलाई निर्विरोध निर्वाचित गरेको छ। त्यसपश्चात बसेको बैंक संचालक समितिको बैंठकले बैंक संचालक समितिको अध्यक्ष पदमा आगामी ४ वर्षे कार्यकालका लागि रोशन केसीलाई पुन: नियुक्ति गर्ने निणर्य गरेको छ ।

यसका साथै, सोही साधारण सभाले बैंकको आर्थिक बर्ष २०८२/८३ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक बर्ष २०८२/८३ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको ६ प्रतिशत लाभांश (कर सहित) वितरण गर्र्र्नेे प्रस्ताव पारित गरेको छ। जसमध्ये, चुक्तापूँजीको ३ प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर गरी जम्मा ६ प्रतिशत (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

बोनस सेयर वितरण पश्चात बैंकको कुल साधारण चुक्ता पुँजी १२ अर्ब ४५ करोड रुपैँया पुग्नेछ भने अग्राधिकार सेयरसहित बैंकको चुक्ता पुँजी १५ अर्ब ४५ करोड रुपैँया पुग्नेछ। बैंकले गत आर्थिक वर्षमा रु. १ अर्ब ९५ करोड खुद नाफा आर्जन गरी प्रतिशेयर आम्दानी रु. १६ रुपैयाँ १७ पैसा कायम गरेको थियो।

होटल पोखरा ग्राण्ड पोखरामा सम्पन्न उक्त साधारण सभामा संस्थापक एंव साधारण शेयरधनीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार १६:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।