काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय बिराटनगर मार्फत कोशी अस्पताललाई एक्वा पानी फिल्ट्रेसन सिस्टम तथा चिलर हस्तान्तरण गरेको छ । अस्पतालमा उपचारका लागि आउने बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीहरूलाई स्वच्छ, सुरक्षित एवं चिसो पिउने पानीको सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त उपकरण हस्तान्तरण गरिएको हो ।
बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले कोशी अस्पतालका कायम–मुकायम मेडिकल सुपरिटेन्डेन्ट डा. आलोक झा तथा अस्पतालका शाखा अधिकृत तिलोचन न्यौपानेको उपस्थितीमा उपकरण हस्तान्तरण गरेका हुन् ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै अस्पतालमा आउने सेवाग्राहीहरूलाई आवश्यक सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरेको हो ।
अस्पतालका कायम–मुकायम मेडिकल सुपरिटेन्डेन्ट डा. झा ले बैंकको यस सहयोगले अस्पतालमा उपचारका लागि आउने बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीहरूलाई स्वच्छ एवं चिसो पिउने पानीको सुविधा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै बैंकले स्वास्थ्य क्षेत्रमा पु-याएका योगदानको प्रशंसा गरे ।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भुसालले समुदायको स्वास्थ्य, सुविधा तथा समग्र सामाजिक विकासमा सकारात्मक सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको जानकारी दिए ।
उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु तथा कोशी अस्पतालका कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकले आगामी दिनहरूमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यहरूलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।




















प्रतिक्रिया