Logo

अर्थ

माछापुच्छ्रे बैंक र युनाइटेड रेमिटबीच रेमिट्यान्स सम्झौता



काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई थप सहज, सरल र विश्वसनीय बनाउने उद्देश्यले युनाइटेड रेमिटसँग औपचारिक सम्झौता गरेको छ।

सम्झौताअनुसार बेलायत, जापान, दक्षिण कोरियालगायत विश्वका विभिन्न मुलुकबाट मनीग्राम तथा टीएमएल रेमिट्यान्समार्फत नेपाल पठाइएको रकम माछापुच्छ्रे बैंकको सञ्जालबाट सहज रूपमा भुक्तानी लिन सकिनेछ।

युनाइटेड रेमिट सीजी ग्रुपद्वारा प्रवर्द्धित रेमिट्यान्स कम्पनी हो। यस सहकार्यसँगै विभिन्न देशमा रहेका युनाइटेड रेमिटका प्रतिनिधि कार्यालयमार्फत नेपाल पठाइएको रकम माछापुच्छ्रे बैंकका शाखा, शाखारहित बैंकिङ सेवा तथा एक्सटेन्सन काउन्टरमार्फत देशभर प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

सम्झौतापत्रमा युनाइटेड रेमिटका तर्फबाट सहायक महाप्रबन्धक सुदन सिंह सिलवाल र माछापुच्छ्रे बैंकका तर्फबाट डिजिटल बैंकिङ प्रमुख माधव सुवेदीले हस्ताक्षर गरेका हुन्।

बैंककाअनुसार यो सहकार्यले विदेशबाट पठाइने रकम नेपालमा प्राप्त गर्ने प्रक्रियालाई थप सहज बनाउनुका साथै रेमिट्यान्स सेवाको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

माछापुच्छ्रे बैंकले हाल १५६ शाखा, ८८ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउन्टर गरी २५५ स्थानबाट बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ। त्यस्तै बैंकका १९४ एटीएम सञ्चालनमा रहेका छन्।

बैंकले देशभर १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार १६:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।