Logo

मृत अवस्थामा फेला परेका



काठमाडौं महानगरपालिका-२० रामघाटमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै खोटाङको, हलेसी तुवाचुङ नगरपालिका-६ स्थित कुखुरेटार छेउ दुधकोशी नदीको भङगालोमा हाल नाम, थर, बतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  १२ : ५१ बजे