Logo

कोरोनाको प्रभावः उपभोक्ता अनलाईनबाट सामान खरिदमा सक्रिय



विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वको अर्थतन्त्रमा नकरात्मक असर परेपनि कतिपय क्षेत्रमा भने यसको सकरात्मक प्रभाव परेको छ । जसको नेपालमा जलन्त उदाहरण हो सामान खरिदमा अनलाईनको पहुँच सर्वसाधारणसम्म पुग्नु हो । 

पहिले पसलसम्मै गएर सामान छानिछानि किन्ने, मोलमोल्याइ गर्ने अधिकांश उपभोक्ता अहिले ई–कमर्स प्लेटफर्म (अनलाइन खरिद गर्ने माध्यम)मा गएर विभिन्न भेन्डरका सामान छान्ने तथा दाँजेर खरिद गर्ने गर्छन् । 

अहिले उपभोक्ता अमेजन, अलिबाबालगायत विश्वमै कहलिएका ई–कमर्स प्लेटफर्मदेखि स्थानीय प्लेटफर्ममार्फत् हुने व्यापार बढेको छ । उपभोक्ताको खरिद गर्ने प्याटर्नमा आएको यो प्याराडाइम सिफ्ट नेपालमा पनि देखिएको छ ।
 
नेपालमा पनि ईकमर्स माध्यमतथा सामाजिक सञ्जाल (फेसबुक तथा इन्स्टाग्राम)मार्फत् प्रबद्र्धन गरेर सानो परिमाणमा सामाग्री खरिद बिक्री गर्ने क्रिया बढ्दो रहेको छ । 

यो सामान खरिदबिक्रिमा आएको अनलाईन पद्धतिले उपभोक्तालाई आवश्यक सामाग्री खरिद गर्न पसलसम्म जानु नपर्ने भएको छ । इन्टरनेटको उपलब्धता, होम डेलिभरी, छनौटको अवसर तथा छुटका अफरले ईकमर्स प्लेटफर्म उपभोक्ताको रोजाइमा परेका हुन् । साथै यसले समयको समेत बचत भएकाले पनि ग्राकको रोजा
यही अवधिमा नयाँ इकमर्स प्लेटफर्म विकास भए, कतिले आफ्नो व्यवसायको दायरा विस्तार गरे । 

पहिले पहिले ग्याजेट र लत्ताकपडामा सीमित भएको यो क्षेत्र अहिले तरकारीदेखि ग्रोसरीसम्ममा विस्तार भएका छन् । दराज, सस्तोडिल, स्मार्टडोको, यूजी बजार, फुडमान्डु, फुडमारियो, मुन्चा, गेपु, हाम्रो बजार आदि केही यस्ता ई–कमर्स प्लेटफर्म हो । युजी बजारका सहसंस्थापक किरण तिम्सिनाका अनुसार कोभिड अवधि धेरै ईकमर्स प्लेटफर्मका लागि अवसर बन्यो । 

दराज, सस्तोडिललगायत उपभोग्य वस्तु उपलब्ध गराउनेका लागि राम्रो भयो, फुडमान्डुलगायत खाना उपलब्ध गराउने ईकमर्स प्लेटफर्म ठप्पै रहे । तिम्सिना भन्छन्, “उपभोक्ताले पसलमै गएर सामान गएर किन्ने, मोलमोल्याइ गर्ने प्याटर्नमा परिवर्तन आयो । यसले दीर्घकालका लागि आधार बनाएको छ ।”

यो प्याराडाइम सिफ्ट बाध्यताले वा थप जागरुक भएर, अनलाइन सपिङमा बढी भिड देखिएको उनको अनुभव छ । विकास भएको यो प्रचलनमा अहिले सर्वसाधारको बानी लागिसकेको छ, जहाँबाट पुरानो बानीमा फर्कन गाह्रो हुन्छ । “अवस्था सहज हुँदै जाँदा पनि ती व्यक्तिहरुले अनलाइन माध्यमबाटै किन्न चाहनु हुन सक्छ,” उनले भने ।

लकडाउन अवधिमा सबै ई–कमर्स उद्यमीकोसोच कसरी सर्भाइभ गर्ने र व्यवसाय विस्तारलाई नरोक्ने भन्ने थियो । यसका लागि धेरै ई–कमर्स उद्यमीले बजारको आवश्यकतालाई हेरेर, उपभोक्ताको मागलाई मध्यनजर गरेर व्यवसायको दायरा बढाए । तिम्सिनाको व्यक्तिगत कुरा गर्दा उनीहरुले युजी बजार अगस्टमा लन्च गरे । उनीहरुकोे पहिलो अभियान नोभेम्बर महिनामा जारी छ ।

ईकमर्स प्लेटफर्ममाम बजारमा पाउने मूल्यभन्दा कममा पाइन्छ । कारण हो, बैंकहरुको पार्टनरसिप हुनु । पसलमा खुद्रा छुट मात्र पाइन्छ । तिम्सिनाकै अनुसार पनि ईकमर्स प्लेटफर्मबाट किन्दा भने बैंकहरुको क्यासब्याक, प्लेटफर्मको योजनाले गर्दा सस्तो पर्न जान्छ । तर, अहिले ईकमर्सको नाममा समाजिक सञ्जालमार्फत् प्रबद्र्धन गरेर बिक्री गर्ने प्रचलन पनि बढ्दो छ । उनीहरु भने दर्ता भएरै ईकमर्स उद्यम गर्नेका लागि अल्पकालीन चुनौती बन्ने गरेका छन् ।

उनीहरुबाट खरिद गरिने सामग्री कम मूल्य तथा गुणस्तरको हुन सक्छन् । अल्पकालका लागि लक्षित गरेर गरिने यस्ता माध्यम उपभोक्ताका लागि केही सहज भए पनि ईकमर्स व्यवसायका लागि चुनौती बनेका छन् । विशेष गरी उनीहरुको व्यवहार, सस्तो मूल्यका लागि गुणस्तरहीन सामाग्रीको उपलब्धताले ईकमर्सको शाख गिराउँछन् । चर, उपभोक्ता जागरुक भएपछि यस्ता अवैधानिक व्यवसाय आफैं धरासायी हुने ईकसर्म उद्यमीको भनाइ छ ।

 

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ३ : ३९ बजे