वरिष्ठ इरानी परमाणु वैज्ञानिकको हत्या भएको छ । राजधानी तेहरान नजिकै वरिष्ठ परमाणु वैज्ञानिक मोहसेन फाखरिादेहको हत्या भएको इरानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
दामाभान्द काउन्टीको अब्सार्दमा भएको आक्रमणमा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।इरानको परमाणु कार्यक्रमको मुख्य वैज्ञानिक रहेको ठानिएका वरिष्ठ वैज्ञानिकको हत्या भएको हो ।यसअघि सन् २०१० र २०१२ मा पनि चार इरानी परमाणु वैज्ञानिकको हत्या भएको थियो । इरानका विदेश मन्त्री मोहम्मद जावाद जारिफले हत्याको निन्दा गरेका छन् ।
जारिफले हत्यामा इरारायलको संलग्नता हुन सक्ने जनाएका छन् । ट्वीट गर्दै उनले भनेका छन्, ‘आतंकवादीले इरानका प्रमुख वैज्ञानिकको हत्या गरेका छन्, यसमा इजरायलको हात हुने गम्भीर संकेत प्राप्त गरेका छौं।’ उनले त्यसको बदला लिने पनि चेतावनी दिएका छन्।
प्रतिक्रिया