नेपाल बार एसोसिएसनको नवनिर्वाचित अध्यक्ष चण्डेश्वर श्रेष्ठले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन कमिटीलाई धन्यवाद दिएका छन् ।
मत परिणाम गनेर सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले न्यायलयमाथि अविश्वास बढेको भन्दै त्यो अविश्वासलाई मेटाउन आफूहरुले भरपुर प्रयास गर्ने दावी गरेका छन् ।
प्रतिद्वन्द्वी सुनिल पोखरेल लगायतलाई आफूहरुले गर्ने सबै काममा सहयोग गर्न आग्रह गर्दै श्रेष्ठले आगामी दिनमा सबैलाई समेटेर अगाडि बढ्ने प्रतिबद्वता व्यक्त गरे ।
‘देश संघीय संरचना गएको छ । गाउँपालिका-नगरपालिकामा न्यायलय छैन्,’ उनले भने, अब गाउँपालिका÷नगरपालिकामा छिट्टै नै न्यायधीश भर्ती गर्ने काम सुरु हुन्छ ।’


















प्रतिक्रिया