शुक्रबार पुरानो रेकर्ड ब्रेक गरेको नेप्सेले आज पनि नयाँ रेकर्ड राखेको छ । आज सेयर बजारमा उछाल ७४ अंकको उछाल आएको हो । आज नेप्से परिसूचक ७४ दशमलव ५ प्रतिशतले बढेर १९६७ दशमलव २९ बिन्दूमा पुगेको छ ।
यो दिन कारोबारमा आएका २ सय कम्पनीको २ करोड ५६ लाख ३२ हजार ३ सय ६० कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३४८ रुपैँया बराबरको कारोबार भएको छ ।
त्यस्तै यो दिन १२ वटा उपसमूहमध्ये होटल, प्रशोधन र निर्जिवन समूहको सेयर ओरालो लागेको छ भने अरु सबै उकालो लागेका छन् ।
यसरी नै आज गीन डेभलपमेन्ट बैँक, सेन्चुरी कर्मशियल बैंक, नेपाल इन्भेष्टिमेन्ट बैंक र माछापुच्छ्रे बैंक लिमिटेडको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।






















प्रतिक्रिया