छिमेकी भारतमा लोकसभा निर्वाचनअन्तर्गत पहिलो चरणका मतदान कार्यक्रम सुरु भएको छ ।१८ राज्य र केन्द्र शासित २ प्रदेशका ९१ सिटका लागि आज बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । भारतमा सात चरणमा लोकसभा निर्वाचन हुँदैछ । यही निर्वाचनको नतिजाले केन्द्रमा कसको सरकार बन्ने भन्ने स्पष्ट हुन्छ ।
पहिले चरणमा आन्ध्र प्रदेश, अरुणाचल प्रदेश, मेघालय, उत्तराखण्ड, मिजोरम, नागाल्याण्ड, सिक्किम, लक्षद्वीप, अण्डमान निकोबार द्वीप समूह र तेलंगानामा मतदान हुने निर्वाचन आयोगले जनाएको छ । यसैबीच पाकिस्तानी प्रधानमन्त्री इमरान खानले घुमाउरो शैलीमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) लाई मत मागेका छन् ।
उनले निर्वाचनमा भाजपाको जित भए दुई मुलुकबीच जारी तनाव अन्त्यका लागि वार्ता हुन सक्ने बताएका छन् । यद्यपि काँग्रेस नेतृत्वमा सरकार बनेको अवस्थामा शान्ति वार्तामा अड्चन आउने चेतावनी दिएका छन् । उनले जम्मुकाश्मिचर विवाद समाधानका लागि निर्वाचनमा मोदीको दल भाजपाले जित्नैपर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।





















प्रतिक्रिया