रुपन्देही, रोहीणी गाउँपालिका-३ धकधईस्थित सडकमा ना.६ ख ५२ नम्बरको ट्रकले लु.३७ प ८१५५ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सिद्धार्थनगर नगरपालिका-१३ हाटवजार बस्ने ३५ वर्षीय दुर्गा बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी, खडक नागरपालिका-३ बनर्झुला गेट नजिक सडकमा हाल नम्बर नखुलेको सबारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका पैदलयात्री करिब ३५ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको रा.उ.स्मारक लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।
महोत्तरी, औरही नगरपालिका-८ टिम्कियास्थित सडकमा ना.७ ख ४७३९ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने नागेन्द्र बैठाकी १२ वर्षीया छोरी रोशनी बैठाको घटनास्थलमै मृत्यु भएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी(पश्चिम), रामग्राम नगरपालिका-१२ पचगाँवस्थित सडकमा ना.१ क ८८०९ नम्बरको ट्रकले ग.३ प ७९० नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नुवाकोट, तार्केश्वर गाउँपालिका-५ छागेखोलास्थित सडकमा बा.२७ प ८६५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई खोल्सामा खसेर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-६ डाँडाखर्क बस्ने ५५ वर्षीय रामबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ ।
मोरङ, बिराटनगर महानगरपालिका-४ स्थित धिताल पेट्रोलपम्प अगाडि सडकमा स.१च ११२२ नम्बरको एम्बुलेन्स सोही ठाउँस्थितमा रोकी राखेको एन एल ०१एल०३३६ नम्बरको भारतीय लहरीमा सोमबार बिहान ठोक्किएर दुर्घटना हुँदा सप्तरी तिलाठी कोईलाडी गाउँपालिका-२ बस्ने ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार रहेका दुवै सवारी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवं थप अनुसन्धान गरिरहेको बताएको छ ।





















प्रतिक्रिया