सुचना प्रविधिको विकास सँग कुनैपनि मुलुकभित्रका नियमनकारी निकायहरु अपडेट भएनन् भने त्यसले समस्या उत्पन्न गर्छ तेसैको त्यसैको परिणाम स्वरुप आज यो अबस्थामा आयको छ सम्पादकीय टेबुलमा मिसिनगन तेर्स्याएर ज्ञानेन्द्रले राजतन्त्र खाइदिएको कुरा भुल्ने ओली सरकारका पनि दिन गन्ति सुरु भएको कुरा सामाजिक संजालमा पढ्न पाइएको छ ।
नेपालको सरकारदेखि सम्बन्धित निकायहरु आधुनिक प्रविधिको विकाससँग राम्रो जानकार हुन नसकेर समाजमा अनेकथरी बिचलनको खतरा पैदा भइरहेको छ ।
नेपालमा स्थायी सरकार भएर पनि पत्रकारिता र पत्रकारहरुलाई ठुलो समस्यामा पारको छ । सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा आएपछि यतिबेला मिडिया र संचार जगत तरंगित भएको छ । यसै बिषयलाई लिएर हरेक क्षेत्रमा खरो टिप्पणी गर्दै आएका टिप्पणीकार खगेन्द्र संग्रौलाले नयाँ टिप्पणी गरेका छन् र व्यंग्य सहित यसो भनेका छन् ।

सम्पादकीय टेबुलमा मिसिनगन तेर्स्याएर ज्ञानेन्द्रले राजतन्त्र खाइदिए । ज्ञान सरकाे सिकाे गर्दै ओली सर ओलीतन्त्रकै काल निम्त्याउँदै छन्। वाह मिडिया काउन्सिल विधेयक ! शब्दकर्मीलाई १ कराेड जरिवाना, वर्षाैँ कैद! ओली सरलाई स्याबासी दिनुपर्नेमा कुराे नबुझी साथीहरू विराेध गर्छन्। तुत् ! ।
यो टिप्पणीले सरकार र पत्रकारको कुरा बोलेको छ २३९ औ राजतन्त्र फाल्ने मिडिया संग ओलीतन्त्र चल्दैन ओलीले आफ्नै काल निम्त्याएका छन् भनेका छन् तर पत्रकारको पीडामाथी अहिलेसम्म कुनै पनि सरकार र मन्त्री गम्भिर भएको थियो भने आज बर्षौदेखि पत्रकारिता गरिरहेका पत्रकारहरुमा राष्ट्र र जनताप्रतिको उत्तरदायित्व अझ बढेर जाने थियो । हुन त अझैपनि धेरै पत्रकारहरु आफ्नो पीडा लुकाएर अरुको भलो र खुसीका लागि निरन्तर खटिरहेका छन्, जसरी मैनबत्तिले आफू जलेर अरुले उज्यालो दिन्छ । यो कुरा सरकार र सर्वसाधारणले बुझ्न आवश्यक छ ।




















प्रतिक्रिया