फ्रान्सले आगामी वर्ष अप्रिल र जुनमा कोभिड-१९ को खोप अभियान सुरु गर्ने लक्ष्य लिएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले आगामी जुन २०२१ सम्म देशमा राष्ट्रिय स्तरमा भ्याक्सिनेश क्याम्पियन चलाउने घोषणा गरेका छन्।
यो क्रममा सबै जनतासमक्ष सरकारी भ्याक्सिन पुर्याउने उनले घोषणा गरेका हुन्। म्याक्रोंले भने, ‘२०२१ को सुरुवातमा उच्च जोखिममा रहेका मानिसलाई भ्याक्सिन लगाइने छ। त्यसमा डक्टर्स, नक्र्स, प्रहरी र जनतासँग दैनिक सम्पर्कमा रहने सरकारी कर्मचारीलाई सहभागी गराइने छ।
आम जनताका लागि भ्याक्सिन क्यान्पियन चलाइने छ। यो अभियान अप्रिलमा सुरु गरिनेछ। यो अभियानका क्रममा सबैलाई भ्याक्सिन लगाइनेछ,’ उनले भने।





















प्रतिक्रिया