Logo

प्रवास

नेकपाका युवा नेता अष्ट्रेलियाको संसदमा !



नेकपाका युवा नेता युवराज चौलागाईले अष्ट्रेलियाली संसदमा माथिल्लो सदनका नेता तथा पूूर्व सभामुखसँग भेट गरेका छन् ।

दक्षिण अष्ट्रेलियाको राजधानी एडिलेडको चालु संसदको बजेट अधिवेशनका क्रममा चौलागाईले अष्ट्रेलियानी नेता रसेल ओर्टलेसँग भेट गरेका हुन् ।

संसदको माथिल्लो सदनका नेता तथा पूर्व सभामुखसमेत रहेका बर्टली अष्ट्रेलियन लेबर पार्टीका नेतासमेत हुन् । नेपाली अतिथिको रुपमा चौलागाईले चालु संसद अधिवेशनको केहीबेर अवलोकनपनि गरेका थिए ।

नेकपा एकता हुनुभन्दा अघि तत्कालिन माओवादी केन्द्रको विदेश विभाग सचिव रहेका चौलागाई पार्टी एकतापछि पनि पार्टीको विदेश मामिला सम्बन्धी गतिविधिमा सक्रिय छन् ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार १६:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।