Logo

पक्रिया पुरा भएको ३ दिन भित्रमा बिमा भुक्तानी गर्न मन्त्रालयद्धारा निर्देशन



बीमा समितिको तालुकदार अर्थमन्त्रालयले कोरोना बीमाको दावी भुक्तानी सम्पूर्ण प्रक्रिया पुरा भएको ३ दिनभित्र गर्ने व्यवस्था मिलाउन आज निर्देशन दिएको छ । अर्थमन्त्रालयले आज बीमा समितिलाई एक पत्र पठाई कोरोना बीमाको दावी भुक्तानी तीन दिनभित्र सम्पन्न गर्न निर्देशन जारी गरेको हो ।
आज तीन दिनभित्र दावी भुक्तानीको व्यवस्था गर्न निर्देशन दिएपनि यो नयाँ विषय भने होइन । अर्थ मन्त्रालयले दिएको निर्देशन नयाँ नभएको एक बीमा कम्पनीका अधिकारीले जानकारी दिए । बीमा समितिले बीमा पुलमार्फत प्रमाणिकरण अर्थात प्रक्रिया पुगेको कोरोना बीमा दावी भुक्तानी दुई दिनभित्रैमा गर्ने व्यवस्था मिलाउन निर्देशन दिइसकेको छ ।
अर्थमन्त्रालयले दिएको निर्देशनमा भनिएको छ, कोरोना बीमा मापदण्ड बमोजिम प्रक्रिया तथा कागजात पुरा भएका दावीहरुको भुक्तानी तीन दिनभित्र गरी दैनिक रुपमा जानकारी गराउन हुन ।’
त्यस्तै मन्त्रालयले प्रमाणिकरण हुन बाँकी रहेका दावीहरुको प्रमाणिकरण तत्काल गरी दावी भु्क्तानी गर्न निर्देशन दिएको छ । साथै मन्त्रालयको निर्देशनमा दावी भुक्तानी नगर्ने कम्पनीहरुको सूचि मन्त्रालयलाई पठाउन तथा दावी भुक्तानीका समस्याहरुबारेमा जानकारी गराउन समेत निर्देशन दिइएको छ ।
मन्त्रालयले दैनिक छ वटा तथ्याङ्कहरु कागजात पूरा भएको दावी संख्या, प्रमाणिकरणको लागि स्वास्थ्य मन्त्रालयमा पठाएको विवरण, नक्कली दावीको विवरण, दावी भुक्तानीको विवरण तथा बाँकी दावी भुक्तानीको विवरण दैनिक रुपमा मन्त्रालयमा पेश गर्न समेत निर्देशन दिएको छ ।
बीमा समितिले हाल सम्पूर्ण कागजात पूरा भएपछि दावी भुक्तानीको प्रक्रिया सुरु गर्ने, पाँच दिनभित्र बीमा पुलमा पठाईसक्नु पर्ने, बीमा पुलले पाँच दिनभित्रमा प्रमाणिकरण गरिसक्ने र बीमा पुलले दावी भुक्तानीको लागि योग्य भनेर प्रमाणित गरेको दुई दिनभित्रैमा डिस्चार्ज भौचरमा बीमितलाई हस्ताक्षर गराई खातामा रकम पठाउने व्यवस्था गरी सो बमोजिम दैनिक दावी भुक्तानी भएको बीमा समितिको भनाई छ ।

mof (1).jpg

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार १०:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।