Logo

शेयर र रियलस्टेट धितोमा ऋण प्रवाह निती संशोधन गर्ने तयारीमा राष्ट्र बैंक



केन्द्रीय बैंकले विद्यमान शेयर धितोमा ऋण पाउने व्यवस्थालाई संशोधन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको मौद्रिक नीति अनुसार शेयर धितोमा ऋण प्रवाहमा कडाई गर्न लागेको हो ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैकले शेयर धितो कर्जा, रियल स्टेट कर्जा र व्यतिगत अतिविकर्श कर्जा सम्बन्धि व्यवस्थामा पुनरावलोकन हुने प्रष्ट पारेको छ । बैंकमा थुप्रिएको तरलता जथाभावी ति तीन वटा क्षेत्रमा कर्जा प्रवाह भएको विश्लेषण गर्दै केन्द्रीय बैंकले कडाई गर्न लागेको हो ।

मौद्रिक नीतिको समीक्षापछि अबको केही दिनभित्र जारी हुने निर्देशनमार्फत मौद्रिक नीतिमा समीक्षा गरिएका नयाँ व्यवस्था लागू हुने राष्ट्र बैंकका प्रबक्ता गुणाकर भट्टले जानकारी दिए ।

प्रकाशित मिति : मंसिर १९, २०७७ शुक्रबार  ११ : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।