Logo

पत्रपत्रिका

वैद्य माओवादीद्वारा जग्गा कब्जा



१० दिनसम्म ‘बाउन्सर’ लगाएर सुकुमबासीका टहरा तोडफोड गरिएको गोदावरी नगरपालिका–६, हरैयास्थित जमिनमा वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले झन्डा गाडेर कब्जा गरेको छ ।

उठीबास बनाइएका सुकुमबासीलाई पुनस्र्थापित गर्न हरैयाको जग्गा कब्जा गरेको वैद्य नेतृत्वको पार्टीका नेताहरुले बताएको छ ।

‘गरिब असहाय सुकुमबासीलाई गुन्डाहरु लगाएर उठीबास गराइएको उनीहरुलाई पुनस्र्थापित गर्न हरैयाको जमिन कब्जा गरिएको हो’ अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य केशव साउदल भने, ‘हरैयामा बसेका सुकुमबासीलाई हटाउन ठूलो आर्थिक चलखेल गरी गुन्डा लगाएर उठाइएकाले गरिब जनताको अधिकार र न्याका लागि जमिनमा झण्डा गाडेका हौं ।’ नागरिक दैनिकबाट

अब भारतबाट काठमाडौंमा पाइपमै पेट्रोल

निर्माणाधीन काठमाडौं–निजगढ द्रुतमार्गमा समेत पेट्रोलियम पाइपलाइन बिछ्याउने बारेमा अध्ययन अगाडि बढाइएको छ ।

अमलेखगञ्जसम्म आइपुगेको पाइपलाइनलाई निर्माणाधीन द्रुतमार्ग हुँदै काठमाण्डुसम्म ल्याउने सम्भावनाको अध्ययन सुरु भएको हो । त्यसको अध्ययनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको छ ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले स्थलगत सम्भाव्यता अध्ययन गर्ने मागसहित रक्षा मन्त्रालयमा पत्र पठाइसकिएको जानकारी दिनुभयो । दुई हप्ताअघि पठाइएको पत्रको अहिलेसम्म कुनै जवाफ भने आइनसकेको उनको भनाइ छ ।

रक्षा मन्त्रालयको सकरात्मक जवाफ आउने वित्तिकै दु्रतमार्गमा सम्भाव्यता अध्ययनका लागि प्रक्रिया अगाडि बढाइने उनले बताए । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार ०४:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।