काठमाडौँ, झापा, महोत्तरी र सर्लाहीको विभिन्न ठाउँमा भएको आगलागीमा ठुलो धनमाल नष्ट भएको छ ।
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने ४३ वर्षीया लक्ष्मी घिमिरेको आफ्नै घरमा रहेको बेकरी कारखानामा ग्याँस लिक भई बिहीबार दिउँसो आगलागी हुँदा २ वटा बेकरी बनाउने मेसिन जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
झापा, बिर्तामोड नगरपालिका-२ चैतुबारी बस्ने होम प्रसाद घिमिरेको सोही ठाउँस्थित नमस्ते प्लाई फ्याक्ट्रीमा बिद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा फन्टि फेन नामक काठको मेटरियल र सिलिङ चेम्बर काठ लगायतका विभिन्न सामानहरु जलेर करिब ३० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । तत्काल घटनास्थलमा खटिएको ईलाका प्रहरी कार्यालय अनारमनी, १ नम्बर प्रदेश बिपद ब्यवस्थापन गुल्म चन्द्रगढी र सशस्त्र बेश क्याम्प शनिश्चरे, दमक, भद्रपुर र बिर्तामोडको दमकल सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ ।
महोत्तरी, सोनमा गाउँपालिका-६ बस्ने बलिराम महतोको खेतमा थ्रेसर लगाउन तयारी अवस्थामा राखेको ८० कठ्ठा खेतको धानमा बिहीबार दिउँसो आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धान र पराल जलेर नष्ट भएको छ ।
सर्लाही, चक्रघाट्टा गाउँपालिका-१ पडरिया बस्ने ४५ वर्षीय रामचन्द्र मण्डलको घरमा बिहीबार राति आगलागी हुँदा घर, नगद १ लाख रुपैयाँ, लत्ताकपडा, अन्नपात, सुन, चाँदी र विभिन्न कागजात समेत जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया