Logo

कर्णाली प्रदेश

बस दुर्घटना ३ को मृत्यु , २७ घाइते



जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना ४ ख ९३१७ नंको बस अन्दाजी बिहान साढे ३०० बजे दुर्घटना हुँदा एकको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहल्पुर मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकमध्ये दुई महिला र एक पुरुष छन् ।

त्यस्तै २७ यात्रु घाइते छन् । घाइतेहरुको भेरीगङ्गा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले मृतकको सनाखत हुन बाँकी रहेको बताए । दुर्घटनाको कारण खुल्न नसके पनि तीव्रगतिका कारण हुनेसक्ने प्रहरीको अनुमान छ ।

कालिकोटको छाप्रेमा भीषण पहिरो, दुई घर पुरिए, २५ जोखिममा , पहिरो जाने क्रम अझैजारी

तिलागुफा नगरपालिका-७ छाप्रेमा भीषण पहिरो गएको छ । गएराति अबिरल वर्षासँगै गाँउ माथिबाट हिरो आएपिछ स्थानीय गाउँ छाडेर भागेका छन्।पहिरोका कारणा तिलागुफा नगरपालिकाको वडा नं. ६, ७ र ८ का तीन वटा बस्तीहरु जोखिममा परेका छन्।

तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले पहिरोका कारण छाप्रे, डाँडको बस्ती बिस्थापित भएको जानकारी दिए। उनले भने-पहिरो अहिले पनि बगिरहेका छ। राति गाउँमा पहिरो पस्दा भागाभाग भयो। पहिरोले पसेपनि मानवीय क्षति भने नभएको शाहीले बताए। डाँढ गाउँका दुई घरमा पहिरो पसेको छ। टाकुल्लाको दुई कोठे घर पुरिएको छ।

पहिरोले कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला सडकखण्ड पनि अवरुद्ध भएको छ। कर्णाली राजमार्गमा गुड्ने सवारी साधनहरु बीच बाटोमै अलपत्र परेका छन्। पहिरोग्रस्त क्षेत्रमा उद्धारका लागि तीन वटै सुरक्षा निकाय खटिएका छन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी श्यामबाबु ओलीयाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका डीएसपी दिलप्रसाद भट्टको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाली सेनाको पहिरो स्थलमा खटिएको छ।

डीएसपी श्यामबाबु ओलीयाले आफूहरुले पहिरोको जोखिममा परेका परिवारहरुको तथ्यांक संकलन, उनीहरुको बसोबासका लागि नगरपालिकासँग समन्वय गरिरहेको बताए। उनले भने, पहिरो रोकिएको छैन्। छाप्रेका २५ घरहरु तत्काल विस्थापित हुने अवस्थामा छन्। जोखिममा रहेका परिवारको घरमा रहेको सामानहरु सुरक्षित ठाँउ तिर लिने कार्य भइरहेको छ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार ०५:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।